अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

सिरियामा टर्कीको स्थलगत आक्रमण सुरु

बिआरटीनेपाल २०७६ असोज २३ गते ९:१७ मा प्रकाशित

टर्कीले सिरियाको उत्तरी क्षेत्रमा हवाई हमला गरेको केही घन्टामा स्थलगत आक्रमण पनि सुरु गरेको छ । टर्कीको सैन्य फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा प्रवेश गरेर हमला थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

टर्कीले सिरियाली शरणार्थीलाई सुरक्षितरुपमा राख्नका लागि आक्रमण सुरु गरेको जनाएको छ । राष्ट्रपति रिसेप तैयप अर्दोआनले सैन्य कारबाहीमार्फत् कुर्द लडाकूलाई हटाएर सिरियाली शरणार्थीको बासस्थान सुरक्षित गर्न लागेको बताउनुभएको थियो ।

टर्कीले थालेको उक्त हमलाको सर्वत्र विरोध भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीले गरेको हमलाको निन्दा गर्नुभएको छ । अमेरिकाले आफ्ना सैनिक सिरियाबाट फिर्ता बोलाएको केही दिनमै कुर्द लडाकूको क्षेत्रमा हमला सुरु भएको छ ।

अमेरिकाको सैन्यशक्ति फिर्ता बोलाउने निर्णयले टर्कीलाई आक्रमणको बाटो खुलेको बताइएको छ । यसअघि, टर्कीको फौजले सिरियाको तल अब्याद नगरमा गरेको स्थलगत आक्रमणमा कम्तीमा १० जना गैरसैनिक मारिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू