अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०८ | Colorodo: 21:23

निर्वतमान सभामुख महराको स्वास्थ्यमा समस्या

बिआरटीनेपाल २०७६ असोज २३ गते ९:१५ मा प्रकाशित

संसद सचिवालयकी एक महिलामाथि बलात्कार प्रयासको अरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या आएको छ । उहाँको स्वास्थ्यमा समस्या आएपछि अहिले अस्पताल भर्ना गरिएको छ । महानगरिय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महराको स्वासप्रस्वासमा समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

उहाँलाई उच्च रक्तचाप र मधुमहेको समस्या छ । हिरासतमा नै रहँदा स्वासप्रस्वासमा समस्या आएपछि प्रहरीले हिरासतमै अक्सिजनको व्यवस्था गरेको थियो । तर, समस्या बढ्दै गएपछि अस्पताल भर्ना गर्नुपरेको प्रहरीले जनाएको छ ।

नर्भिक अस्पतालले भने उहाँको स्वास्थ्य जाँच भइरहेको भन्दै थप जानकारी दिएको छैन । महरालाई थप अस्पताल राख्ने वा के गर्ने भन्नेमा अस्पतालले जानकारी गराएको छैन । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई नियन्त्रणमा लिएको हो ।

महरा विरुद्ध फौजदारी अपराध संहिताअनुसार मुद्दा चलाउन प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै गत शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा प्रक्राउ पर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू