अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

निवर्तमान सभामुख महराको सांसद पद निलम्बन

बिआरटीनेपाल २०७६ असोज २३ गते ९:१५ मा प्रकाशित

बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद् पद निलम्बन भएको छ । संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज सूचना जारी गर्दै महराको सांसद पद निलम्बन भएको जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २ सय ४४ को उपनियम ३ को प्रयोजनको लागि सोही नियमावलीको नियम २ सय ४४ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरी महराको पद निलम्बन भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू