अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

१५ बर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालको हार

बिआरटीनेपाल २०७६ असोज २२ गते ८:४० मा प्रकाशित

तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले फराकिलो हार ब्यहोरेको छ । भुटानको थिम्पुमा आज सुरु भएको प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसंग ४–१ गोल अन्तरले पराजित भएको हो ।

भुटानको चाम्लिङथाङ रंगशालामा पहिलो हाफमा २–० ले अघि बढेको भारतले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । भारतका लागि लिन्डा कोम सेड्रोले दुई तथा सुमती कुमारी र प्रियंकाले एक एक गोल गरे । नेपालकी मनमाया दमाईले एक गोल फर्काउनुभयो । तर भारतको राम्रो प्रर्दशन पछि नेपाली टिमले जित्न सकेन । नेपालले दोस्रो खेलमा पर्सि शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

लिग चरणको अन्तिम खेलमा नेपालले आईतबार भुटानसंग खेल्नेछ । राउण्ड रोबिन लिगका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू