अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

बेलायती संसदको विशेष शत्र बोलाइयो, ब्रेक्जिटबारे निर्णय लिने अन्तिम मौका

बिआरटीनेपाल २०७६ असोज २२ गते ८:३४ मा प्रकाशित

बेलायत युरोपियन युनियन (इयु) बाट बाहिरिने प्रक्रिया (ब्रेक्जिट) का सम्बन्धमा महत्वपूर्ण निर्णय लिनका लागि बेलायती संसदको विशेष शत्र आउँदो शनिबारका लागि बोलाइएको छ। बेक्जिटको भविष्यबारे निर्णय गर्नका लागि शनिबारको शत्र महत्वपूर्ण हुनेछ। बेलायत इयुबाट बाहिरिने समय सीमा अक्टोबर ३१ हो। शनिबारको विशेष शत्र ब्रेक्जिटका सम्बन्धमा निर्णय गर्ने अन्तिम मौकाका रुपमा लिइएको छ।

इयुबाट बाहिरिने सम्बन्धमा सहमति जुटेमा प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा बेक्जिट सम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ । सहमति नजुटेमा विकल्पहरु प्रस्तुत हुनेछन्। विकल्पहरुमा बिना कुनै सन्धि इयुबाट बाहिरिने वा समग्रमा ब्रेक्जिट प्रक्रियालाई नै सुस्त गर्नेसहितका छन्।

प्रधानमन्त्री जोन्सन बेलायत इयुबाट बाहिरिने पक्षमा अडिग हुनुहुन्छ । तर गएको पारित भएको विधेयक अनुसार ब्रेक्जिटमा सहमति नजुटेमा इयुसँग ब्रेक्जिटको प्रक्रिया थप लम्ब्याउनका लागि आग्रह गर्नु पर्ने उल्लेख छ। सांसदहरु बिना सम्झौता इयुबाट बाहिरिने विकल्पमा सहमत भएमा भने प्रधानमन्त्री जोन्सनले इयुसँग आग्रह गर्नु पर्ने छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू