अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४३ | Colorodo: 12:58

अफगानिस्तानमा हवाई आक्रमण, ३० को मृत्यु

बिआरटीनेपाल २०७६ असोज २२ गते ८:३१ मा प्रकाशित

पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी ३० सर्वसाधारण मारिएका छन् । आक्रमणमा परी ३९ सर्वसाधारण हताहत भएको संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनमा) ले प्रकाशन गरेको विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति हताहत भएका बताएको छ । जस मध्ये ३० मारिएका हुन् । हताहत भएका यी व्यक्तिहरुमा १४ बालबालिका र एक महिला रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू