अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४०
| Colorodo: 13:55
विजयादशमीको टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी नै रहेको छ । कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन रहेकाले दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी रहेको हो ।
आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने गरिन्छ । टाढा टाढा रहेका आफन्तजनका पुग्न समय लाग्ने भएकाले टीकाको समय लामो राखिएको हो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।