अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

विजय दशमीमा अक्षता र जमराको महत्व, आशिषको अर्थ

बिआरटीनेपाल २०७६ असोज २० गते २०:४७ मा प्रकाशित

आज विजय दशमी । विशेषगरी विजयादशमीमा रातो अक्षताको टीका लगाउने परम्परा छ। नेपालमा रातो अक्षताको टीका काठमाठौं उपत्यका र शहर आसपासबाट शुरु भएको विश्वास छ। नेपालका दुर्गम गाउँहरूमा रंगको चलन तीनै शहर बजार आवतजावत गर्नेहरूले चलाए पछि गाउँघरमा पनि रातो टीका लगाउन थालिएको हो। केही जातजातीमा सेता अक्षताको टीका लगाउने चलन अझै पनि छ।

अक्षता अर्थात् क्षत नभएको नटुक्रिएको चामल। अक्षता वा चामललाई संस्कृत भाषामा ‘तण्डुल’ भनिन्छ। धानबाट बन्ने खाद्यान्न। मानिसको प्राण धान्नका लागि चामलको प्रयोग गरिन्छ। खाद्यवस्तुको रूपमा मात्र नभई देवकार्य, पितृकार्य एवं यज्ञादिमा धानरचामलकै प्रयोग गरिन्छ। यसैले सम्पूर्ण जगतकै प्राण रक्षा गर्ने भएकोले धानलाई प्राणेश्वरी अथवा ब्रह्म पनि भनिन्छ।

संस्कृतमा ‘धान्य’ भनिने धानको बोटलाई लक्ष्मीको प्रतीक मानिन्छ। नवरात्रको प्रचलित पूजाविधिमा एउटा श्लोक आउँछ, ‘जगतः ‘प्राणरक्षार्थं ब्रह्मणा निर्मितं पुरारउमाप्रीतिकरं धान्यं तस्माद्रक्षतु सर्वदा।’ अर्थात् विश्वको प्राण रक्षाका लागि ब्रह्माजीले धानको रचना गरेका हुन्, देवीको पनि प्रिय वस्तुको रूपमा रहेको यसले सबैको रक्षा गरोस्। यति महत्त्वको वस्तु भएकाले देवीलाई चढाउने र त्यसैबाट प्रसाद बनाउने गरिएको हो। रातोको अर्थ विजय वा उत्सव हो। निधारमा रातो अक्षताको टिकाले खुशी वा उल्लासको अवस्था जनाउँछ।

वैदिक ग्रन्थहरूमा जौलाई रोग दूर गर्ने, प्राण पुष्ट पार्ने, बल प्रदान गर्ने र यज्ञयज्ञादिमा उपयोगी ओज वस्तुको रूपमा लिइएको छ। सनातन संस्कारअनुसारका देवकार्यमा जौको प्रयोग प्रशस्त गरिन्छ। पौराणिक ग्रन्थहरूमा पनि यवोसि धान्यश… अर्थात् जौँलाई अन्नको राजा मानिएको छ। श्रीमद्भागवत महापुराणमा वामन अवताररूपी नारायणको पूजा गर्दा लोकपालहरूले जमरा चढाएको प्रसंग आउँछ। आयुर्वेद विधामा सानादेखि असाध्यसम्मका रोग निको बनाउन जमराको रस प्रयोग हुन्छ। औषधीय रूपमा महत्त्वपूर्ण जमरामा रहेका अनेक गुणले गर्दा प्रसादस्वरूप कान वा शिरमा सिउरिने परम्परा चलेको हो। नौ दिनसम्म सूर्यको किरण पर्न नपाएको पहेँलो जमरा लगाउने सनातन धर्मावलम्बी नेपालीहरूको पहिचान नै हो।

विजया दशमीको आशीर्वाद दशमीको दिन बिहानीको झुल्के घामसँगै देवी विसर्जन गरी मान्यजनको हातबाट प्रसाद ग्रहण गरिन्छ। नवदुर्गाको प्रसादसँगै मान्यजनले दिने आशीर्वाद विशेष मानिन्छ। विजयादशमीको प्रसाद लगाइदिनेले योग्यताअनुसार वैदिक, पौराणिक र लौकिक आशिर्वाद दिन्छन्। ‘श्रीर्वर्चस्व मायुष्यम्…’ वैदिक मन्त्रको भावार्थ हुन्छ, ‘तिमीलाई श्री, आयु, आरोग्य, धन, धान्य, पशु (वाहन) प्राप्त होस्। असल सन्तान प्राप्त हऊन्, सन्तानका सत्कर्मले तिम्रोसमेत कीर्ति फैलियोस्। सबै सुख भोग्दै सय वर्षको आयु बाँच।’ विजया दशमीका लागि सरल संस्कृत मन्त्र छ, आयुर्द्रोणसुते श्रियो दशरथे… अश्वत्थामाको जस्तो आयु प्राप्त होस्, कीर्ति दशरथको जस्तो… इत्यादि। यो मन्त्रमा पौराणिक पात्रहरूका राम्रारराम्रा एकरएक गुण तिमीलाई प्राप्त होस् भन्ने कामना गरिएको छ।

मन्त्रार्थाः सफलाः सन्तु पूर्णाः सन्तु मनोरथाःरशत्रूणां बुद्धिनाशोऽस्तु मित्राणामुदयस्तवरअव्याधिना शरीरेण मनसा च निराधिनारपूरयन्नर्थिनामाशास्त्वं जीव शरदां शतम्। अर्थात् मनोकांक्षा सिद्धि होस्, तिम्रा कुभलो गर्नेको बुद्धि नाश होस्, मित्रहरू बढ्दै जाउन्, निरोगी भएर सय वर्ष बाँच। भद्रमस्तु शिवं चास्तु महालक्ष्मीः प्रसिद्धतु। तुष्यन्तु त्वां सदा देवाः संपदः सन्तु सुस्थिराः। जयन्ती मङ्गला काली भद्रकाली कपालिनीरदुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते। देवीदेवताले संधै कल्याण गरुन् भन्ने अर्थ अघिल्लो मन्त्रले बोकेको छ। पछिल्लो मन्त्र दुर्गाको आराधना हो। यो मन्त्रले पनि कल्याणको अर्थ दिन्छ। लौकिक रूपमा आफ्ना प्रियहरूको अवस्था हेरी आशीर्वाद दिने चलन छ।

ठाउँ र परिस्थितिअनुसार आशीर्वाद फरक(फरक हुन सक्छन्। उद्देश्य एउटै हो, आफ्ना प्रियहरूको भलो कामना गर्नु। ‘सन्तानले डाँडाकाँडा ढाकून्’, पहाडतिर पहिलेका बुढाबुढाले दिने यो आशीर्वादलाई हामीले गलत अर्थ लगायौं। सन्तान फैलिउन्। सबैतिर उनीहरूको कीर्ति फैलियोस् भन्ने कामना होला।

डाँडाकाँडाको शब्द फैलिएर अहिले मुलुक वा विश्वभरि भन्नुपर्ने अवस्था आएको छ। आफ्ना सन्तान सबैतिर पुगुन् कीर्ति चलोस् भन्ने इच्छा कसको नहोला र! यस्तै ‘हिँड्दा ठेस नलागोस्’ भन्ने आशीर्वाद सामान्य छ तर गुढ अर्थ, कुनै पनि काम गर्दा बिघ्न नआओस्, सफलता मिलोस् भन्ने हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू