अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, अन्य ६ जना घाइते

बिआरटीनेपाल २०७६ असोज २० गते ५:५९ मा प्रकाशित

अर्घाखाँचीमा सोमबार एक बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परी अनय ६ जना घाइते भएका छन् । कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्कका लागि छुटेको लु १ज ४३३९ नम्बरको जीप सोमवार अपरान्ह नरपानी नजिकै दुर्घटना भएको हो ।

मृत्यु हुनेमा अर्घाखाँचीको ढाकाबांग घर भइ हाल दाङको लमही बस्दै आएका ५१ वर्षीय घनश्याम खनाल र उनकी श्रीमती ४६ वर्षीया श्यामकला खनाल छन् । मृतक एकजना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । दुर्घटनामा जीपचालक कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका वीरेन्द्र श्रेष्ठ, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धनचौरका उमेश रेग्मी, सोही ठाउँका सीमा रेग्मी र उनका एक वर्षीय छोरा आदित्य, दाङको लमही नगरपालिका–५ का अनिता खनाल र विन्दु खनाल घाइते भएका छन् ।

घाइतेहरुमध्ये चारजनालाई थप उपचारका लागि चौराह अस्पताल बुटवल पठाइएको छ । अरु घाइतेहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा जीप ओरालो सडकमा अनियन्त्रित भइ सडकदेखि करिब साढे ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू