अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 22:02

दशैँ मनाउन २५ लाखले छाेडे राजधानी

बिआरटीनेपाल २०७६ असोज २० गते ५:५७ मा प्रकाशित

दशैँ मनाउन २५ लाख यात्रु उपत्यकाबाट बाहिरिएका छन् । असोज ५ गतेबाट २० गते साँझ ७ बजेसम्म दशैँ मनाउन उपत्यकाको विभिन्न नाका भएर २५ लाख ४२ हजार ३ सय १९ जना यात्रु राजधानीबाट बाहिरिएका हुन् ।

उपत्यका भित्रने मुख्य नाका नागढुङ्गा, साँगा, बल्खु, बालाजु माछापोखरी लगायतका  नाका भएर सोमबार बिहान मात्रै १ लाख ५७ हजार, ३ सय ८८ जना यात्रुहरु बाहिरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार २६ हजार ७ सय ६० जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू