अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१४ | Colorodo: 00:29

नेकपाको चियापान असोज २९ मा , एक लाख कार्ड बाडिने

बिआरटीनेपाल २०७६ असोज २० गते ०:१० मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, नेपाल संवत लगायतका चाड पर्वलाई लक्षित गरी असोज २९ गते चियापान कार्यक्रम राखको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न थालिएको चिया पानमा तयारी बढाइएको नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । चियापान कार्यक्रममा एक लाख भन्दा बढी कार्ड वितरण गरिने श्रेष्ठको भनाई रहेको छ।

कार्यक्रममा ४० हजार सर्वसाधरण र विशिष्ट उपस्थिती रहने जनाइएको छ। सर्वसाधरणको लागि बिहान १२ बजेदेखि तीन बजेसम्म चियापान कार्यक्रम राखिएको छ। त्यस्तै कुटनीतिक निकायका व्यक्तिहरूको लागि भने तीन बजेदेखि पाँच बजेसम्मको समय राखिएको श्रेष्ठले बताउनुभयो । चियापान समारोहमा दुई अध्यक्षसहित नेकपाका शीर्ष नेताहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

तत्कालिन एमालेमा अध्यक्ष मनमोहन अधिकारीले पहिलोपल्ट चियापान कार्यक्रम राख्नुभएको थियो । यसलाई पार्टीले निरन्तरता दिंदै आएको छ । एमाले र माओवादी एकिकृत भएसँगै गत वर्षदेखि नेकपाको तर्फबाट चियापान आयोजना गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू