अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९
| Colorodo: 01:44
राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीमा विशिष्ट र सर्वसाधारणलाई टीका लगाउनु हुनेभएको छ । टीका ग्रहणको लागि सम्माननीय, माननीय, सवैधानिक निकायका पदाधिकारी र विशिष्टलाई दिउँसो १ बजेदेखि २ बजेसम्मकाे समय व्यवस्था गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
विशिष्टपछि सर्वसाधारणको लागि दिउँसो साढे २ बजेपछि टीका शुरु हुनेछ । सर्वसाधारणले टीका लगाउन जाँदा शीतल निवासको एक नम्बर ढोका प्रयोग गर्नुपर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।