अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२ | Colorodo: 13:37

इराकमा सरकारविरोधी प्रदर्शन जारी, १०० जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असोज १९ गते ५:०७ मा प्रकाशित

इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भड्किएको सरकारविरोधी प्रदर्शनकाक्रममा मारिने व्यक्तिको संख्या १०० जना पुगेको छ ।इराकी मानवअधिकार आयोगकाअनुसार शनिबारसम्ममा झन्डै चार हजार व्यक्ति घाइते भएका छन् । इराकी मानवअधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र अरु प्रान्तका मुख्य सहरहरुमा चार दिनदेखि जारी हिंसामा सुरक्षाकर्मीसमेत ९९ जनाको ज्यान गएको बताए ।

उनले आन्दोलनमा संलग्न झन्डै तीन हजार ९९१ जना घाइते भएको पनि जानकारी दिए । यी घाइतेमध्ये अधिकांश आन्दोलनकारी रहेका छन् ।बायाटीले हिंसात्मक झडप रोकिने स्थितिमा अझै नरहेको बताए । गत मंगलबारदेखि बग्दाद र मुलुकका अन्य ठूला सहरमा निरन्तर प्रदर्शन भइरहेको छ ।

उनीहरु बेरोजगारी बढेको, आधारभूत सेवाबाट आमजनता विमुख रहेको तथा सरकारमा भ्रष्टाचार व्यापक बढेको भन्दै प्रदर्शनमा उत्रिएका हुन् । गत शुक्रबार बिहान इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले प्रदर्शनकारीलाई शान्त रहन र वार्तामा आउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू