अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 10:20

कोरला नाका छिटो खुलाउन संसदीय समितिको निर्देशन

बिआरटीनेपाल २०७६ असोज १९ गते ५:०४ मा प्रकाशित

संसदीय समितिले चीनसँग जोडिएको कोरला नाका छिटोभन्दा छिटो खुलाउने गरी भौतिक पूर्वाधारको काममा तीब्रता दिन सरकारलाई सचेत गराएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिले नाका पुग्ने बेनी–जोमसोम–कोरला सडक खण्डको स्थलगत निरीक्षणको क्रममानाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीब्रता दिन सरकारलाई सचेत गराएको हो ।  समितिकी सभापति कल्याणी खड्काले ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै यो नाका खुलाउने गरी पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिनु भयो ।

संसदीय समितिले  सडक खण्डमा पर्ने पुल निर्माणका लागि हालसम्म डिजाइनको काम समेत नभएकोमा असन्तुष्टि जनाएको छ । सभापति खड्काले पुलको डिजाइन समेत नभएबाट सरकारनाका खुलाउन गम्भीर नभएको हो कि ? भन्ने देखिएको बताउनु भयो ।

समितिले नाकासँग जोडिएको बेनी–जोमसोम–कोरला सडक खण्ड निर्माण कार्य अति सुस्त भएको निष्कर्ष निकाल्दै ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न सरकारलाई निर्देश गरेको छ । त्यसैगरी सडक खण्ड निर्माणका लागि बिष्फोटक पदार्थको तत्काल व्यवस्था गरिदिन सरकारलाई निर्देशन दिनुपर्ने अवस्था देखिएको स्थलगत भ्रमणका क्रममा समितिकी सभापति खडकाले बताउनु भयो । राष्ट्रिय गौरवको यो आयोजनालाई सरकारले उच्च प्राथमिकता दिन नसकेको समितिको बुझाई छ ।

समितिले भौगोलिक विकटताका कारणसडकखण्ड निर्माणको काममा ढिलाई हुन गएको निष्कर्ष निकालेको छ । एक साताअघि समितिकी सभापति खड्काको नेतृत्वमा सडकखण्डको स्थलगत अनुगमनका पुगेको संसदीय टोलीले सडकखण्ड निर्माणका लागि बजेटको भने अभाव नभएको पाइएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू