अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

अदालतको अनुमति लगत्तै निवर्तमान सभामुख महरा प्रहरी ‘नियन्त्रणमा’

बिआरटीनेपाल २०७६ असोज १९ गते ४:५२ मा प्रकाशित

बलात्कार प्रयासको अभियोगमा किटानी जाहेरी परेपछि प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नियन्त्रणमा लिएको छ। काठमाडौँ जिल्ला अदालतले पक्राउका लागि अनुमति दिए लगत्तै महरालाई नियन्त्रणमा लिएको प्रहरी श्रोतले बताएको छ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोपमा महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । उक्त किटानी जाहेरीको आधारमा अदालतको अनुमतिपछि महरालाई आइतबार अपरान्ह प्रहरीले नियन्त्रणमा लिएको हो ।

बलात्कार आरोप लागेका महराले सभामुख पदबाट राजीनामा दिएका छन् । उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् । तर उनी सम्बद्ध दल नेपाल कम्युनिष्ट पार्टीले भने अब उपरान्त महरालाई पार्टीले सांसदका रुपमा नचिन्ने बताइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू