अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३
| Colorodo: 05:08
गन्डकी प्रदेश सरकारले कुनैपनि कार्यक्रममा तीनजनाभन्दा बढी वक्ता नराख्ने र खादा तथा माला पनि नलगाउने निर्णय गरेको छ । गन्डकी मन्त्रिपरिषद्को १८औं बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक योजनामन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।
प्रदेश सरकारका अधिकारीहरुलाई कार्यक्रममा डाक्दा कार्यक्रमको ढाँचासहित कम्तीमा तीन दिनअघि जानकारी दिनुपर्ने निर्णय पनि गरिएको छ । बैठकले नवलपुर सदरमुकाम कावासोतीबाट सवारी–साधनको लाइन्सेन्स वितरण गर्ने व्यवस्थासमेत गरेको छ । यस्तै, बैठकले पोखरामा रहेको क्षेत्रीय क्षयरोग केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्न नेपाल सरकारसँग माग गरिएको छ ।