अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२७ | Colorodo: 23:42

वाइडबडीको जापान उडान : १६ सय नेपाल भित्र्याउदा सात सय जापानमा उडे

बिआरटीनेपाल २०७६ असोज १८ गते २०:४० मा प्रकाशित

पाल वायुसेवा निगमले वाइडबडी विमानबाट एक महिनामा (भदौ ११ देखि असोज १५ सम्म) काठमाडौं–ओसाका–काठमाडौं दुईतर्फी उडान २५ पटक गरेको छ।  एक महिनामा २ सय ७४ सिट क्षमताको वाइडबडी विमानमा एकतर्फी यात्रुको संख्या सबभन्दा धेरै २ ६५ पुगेको छ ।

निगमका अनुसार गत मंगलबार ओसाकाबाट फर्केर आएको उडानमा १३ बिजनेस श्रेणीका सिट र २ सय ५२ इकोनमी श्रेणीका सिटमा गरी २६५ जना यात्रु थिए । सबभन्दा कम यात्रु भदौ १३ गते थिए । उक्त उडानमा ४ जना बिजनेश श्रेणीका सहित जम्मा १८ जनामात्रै यात्रु काठमाडौंबाट ओसाका उडेका थिए ।

यो एक महिनामा वाइडबडी विमानले दुईतर्फी गरेर २३२६ जना यात्रु ओसारेका छन्। जसमा जापानबाट नेपाल आउनेको संख्या एक हजार ६ सय १८ छ। भने ७०८ नेपालबाट जापान जाने यात्रु थिए । निगमलाई हाल जापानले सातामा तीन दिन (मंगलबार, बिहीबार र शनिबार) उडान अनुमति दिएको छ । पहिलो उडानमा यात्रुको संख्या अत्यधिक न्यून भएपछि निगमले भदौ तेस्रो सातादेखि सातामा दुइटामात्रै उडान राखेको थियो । तर, दसैं र पर्यटकीय सिजन सुरु भएसँगै निगमले असोज ७ देखि सातामा तीन दिन उडान सुचारु गरेको छ ।

निगमले दसैं र तिहारको अवधिमा २ सय हाराहारी यात्रुको एकतर्फी बुकिङ भएको जनाएको छ । निगमले हाल काठमाडौंबाट भारतका बैंङलोर, दिल्ली, मुम्बईसहित नौवटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ । योसँग अन्तर्राष्ट्रिय उडानका लागि एयरबसका दुइटा न्यारोबडी ए३२० र दुइटा वाइडबडी ए३३० मात्रै छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू