अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

अमेरिकी राष्ट्रपति ट्रम्प संकटमा, संसदीय समितिले माग्यो जानकारी

बिआरटीनेपाल २०७६ असोज १८ गते १०:१८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिहेका डेमोक्र्याटिक सिनेटरले राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट जानकारी मागेका छन् । सिनेटरले ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भएको टेलिफोन वार्ताका बारेमा जानकारी मागेका हुन् ।

गत जुलाई २५ मा ट्रम्प र जेलेन्स्कीबीच टेलिफोन संवाद भएको थियो । उक्त संवादमा ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेन र उहाँका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान गर्न आग्रह गरेको बताइएको छ । आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा आफ्ना प्रतिस्पर्धी मानिएका बाइडेनको राजनीतिक छबी धुमिल पार्न ट्रम्पले शक्तिको दुरुपयोग गरी विदेशी शक्तिसँग अवैध रुपमा छानबिनका लागि आग्रह गरेको आरोप छ ।

आफुले कुनै कमजोरी नगरेको दाबी गर्दै आएका ट्रम्पले विपक्षीले आफूमाथि राजीतिक आक्रमण मात्रै गरेको आरोप लगाएका छन् । तर छानबिन समितिले प्रक्रिया थालेपछि ट्रम्प समस्यामा पर्ने देखिएको छ ।तर, उहाँले ति सिनेटरविरुद्ध नै अपशब्द प्रहार गर्न थाल्नुभएको छ ।

तल्लो सदनका तीन कमिटीले जेलेन्स्कीसँगको कुराकानीको जानकारी १८ अक्टोबरभित्र उपलब्ध गराउन ह्वाइट हाउसलाई आदेश दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू