अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२४ | Colorodo: 08:39

वार्ताका लागि अमेरिका र उत्तर कोरियाका अधिकारी स्वीडेनमा

बिआरटीनेपाल २०७६ असोज १८ गते १०:१० मा प्रकाशित

अमेरिका र उत्तर कोरियाका अधिकारी परमाणु निशस्त्रिकरण सम्बन्धी वार्ता पुनः सुरु गर्ने प्रयास स्वरुप वार्ताका लागि स्वीडेन पुगेका छन् । दुवै देशका अधिकारीहरु वार्ताका लागि स्वीडेनको स्टकहोम पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गएको जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच भेटवार्ता भएको थियो । त्यसक्रममा दुई नेताबिच परमाणु निशस्त्रिकरण सम्बन्धी वार्ता पुनः सुचारु गर्ने सहमति भएको थियो ।

पछि उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरेको थियो । दुई देशका अधिकारीबिच हुन लागेको स्वीडेन वार्ताबाट परमाणु निशस्त्रिकरण सम्बन्धी वार्ता पुनः स्थापित हुने अपेक्षा गरिएको छ ।

गएको फेब्रुअरीममा भियतनाममा भएको ट्रम्प र किमबिचको वार्तामा सहमति जुट्न सकेको थिएन । स्वीडेनमा हुने दुई देशका अधिकारीको वार्ताले ट्रम्प र किमबिचको वार्ताका लागि वातारण बनाउने अपेक्षा पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू