अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

अमेरिकाको फ्रेडरिक्सवर्ग र बोल्डर शहरका प्रतिनिधिहरुद्धारा काठमाण्डौंको भ्रमण

बिआरटीनेपाल २०७६ असोज १८ गते ९:५० मा प्रकाशित

काठमाडौं महानगरपालिकाका संग भगिनी सम्वन्ध स्थापित भएका अमेरिकाका शहरहरू भर्जिनियाको फ्रेडरिक्सवर्ग र कोलोराडोको बोल्डर शहरका विशेष प्रतिनिधिहरूले शनिवार काठमाडौंको भ्रमण गरेका छन् । भ्रमणको क्रममा अमेरिकाबाट आउनुभएका नगर प्रमुख लगायत प्रतिनिधिहरूले ईन्द्रजात्रा पर्वको अवलोकन गर्नुका साथै काठमाडौंका प्रमुख स्थानहरू घुम्नुभएको नेपालस्थित अमेरिकी राजदूताबासले जनाएको छ ।

भ्रमणले अन्तरसांस्कृतिक आदानप्रदान र एकआपसको बुझाइलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । विगत सात दशकदेखि अमेरिका र नेपालबिच जनस्तरमा रहेको न्यानो सम्बन्धलाई अझै बलियो बनाउन यस्ता भ्रमणहरुले सहयोग गर्ने दूताबासको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू