अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

विश्व सम्मेलनका लागि नाम दर्ता सुरु

बिआरटीनेपाल २०७६ असोज १८ गते ८:४२ मा प्रकाशित

नवौँ गैर आवासीय नेपाली विश्व सम्मेलन तथा गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूका नाम दर्ता हिजो बाट खुला भएको छ । हिजो नै विभिन्न मुलुकबाट आउनु भएका प्रतिनिधिहरू तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यहरूले आफ्नो नाम दर्ता गर्नु भएको छ । नाम दर्ता १० अक्टोबर बाट पुन सुचारु हुने छ ।

सम्मेलनमा भाग लिनमा लागि विभिन्न ५० भन्दा बढी देशबाट २ हजार भन्दा बढी प्रतिनिधिहरू काठमाडौँ आउने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू तथा सदस्यहरूको सम्मेलनमा भागलिनको लागि आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू