अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

पोखरामा सवारी दुर्घटना, २ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असोज १७ गते २३:१६ मा प्रकाशित

पोखरामा शनिबार बिहान भएको सडक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिनुभयो ।

तालचोकबाट विजयपुर जाँदै गरेको ग २ च ९९५० नम्बरको बोलेरो जीप र विपरीत दिशातर्फ जाँदै गरेको ग १५ प ४३८० नं को स्कुटर ठोकिदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनालगत्तै जीप र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू