अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

अमेरिकामा बेरोजगारी दर ५० वर्ष यताकै कम

बिआरटीनेपाल २०७६ असोज १७ गते २३:०५ मा प्रकाशित

अमेरिकामा बेरोजगारी दर पछिल्लो ५० वर्षकै सबैभन्दा कम भएको छ । बेरोजगारी दर घटेसँगै चीनसँगको व्यापार युद्धका कारण अमेरिकी अर्थ व्यवस्थालाई पर्ने असर न्युन हुने अपेक्षा गरिएको छ । त्यहाँको श्रम मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार अमेरिकाको बेरोजगारीको दर सेप्टेम्बर महिनामा ३.७ प्रतिशतबाट घटेर ३.५ प्रतिशतमा पुगेको छ ।

गत महिनामात्रै अमेरिकामा १ लाख ३६ हजार नयाँ रोजगारी सिर्जना भएका छन् । त्यस्तै अगस्ट महिनामा १ लाख ६८ हजार नयाँ रोजगारी सिर्जना भएका थिए । अमेरिकाको आर्थिक अवस्था कमजोर हुँदै गएको भन्ने समाचारहरु आइरहेका बेला त्यहाँको श्रम मन्त्रालयले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । गत वर्षदेखि अमेरिका र चीनबीच चर्किएको व्यापार युद्धका कारण व्यवसायीहरुमा आत्मविश्वास घटिरहेको बेला प्रतिवेदन सार्वजनिक भएपछि कतिपयले यसलाई आशंकापूर्ण नजरबाट व्याख्या गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू