अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३५ | Colorodo: 21:50

नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा संचालन

बिआरटीनेपाल २०७६ असोज १७ गते २३:०४ मा प्रकाशित

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा सञ्चालन गरिएको छ । चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमानामा बग्ने यस नदीमा सञ्चालन गरिएको जलयात्राको लम्बाइ ४५.५ किलोमिटर रहेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा स्टेशन राखेर भरतपुर महानगरपालिका वडा नं १६ को काभ्रेघाटसम्म जल यातायाता शुरु गरिएको हो । आयुष्मा मोटरबोट कम्पनी प्रालीले सञ्चालन गरेको यस जलयात्रामा नियमित दुई वटा मोटरबोट सञ्चालन हुने कम्पनीका अध्यक्ष विजयचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

शुरुआती अवस्थामा दुई वटा मोटरबोट सञ्चालन गरिएको उल्लेख गर्दै उनले दुई महीनाभित्र एउटा ‘स्मल क्रुज’ समेत थपिने उहाको भनाई छ । सात महीना अगाडि नेपाल सरकारबाट मोटरबोट सञ्चालनका लागि अनुमति पाएको यस कम्पनीले अहिले १४ सिट र १० सिट मोटर बोटबाट यात्रा शुरु गराएको हो ।

आउँदो वर्षसम्म रु तीन करोडदेखि रु पाँच करोडसम्मको लगानी गर्ने बताउँदै अध्यक्ष अधिकारीले दुई महीनाभित्र ४० ‘सिटर स्मल क्रुज’ सञ्चालन गरिने बताउनुभयो । दृश्यावलोकनका लागि लक्षित गर्दै दुई तलाको ‘स्मल क्रुज’ सञ्चालन गरिने बताउँदै अधिकारीले सो ‘क्रुजमा लक्जरी सिट’ र माथि ‘ओपन चियर सिट’ राखिने बताउनुभयो । कम्पनीका उपाध्यक्ष एवं व्यवस्थापक गणेशबहादुर थापाका अनुसार नेपालमा जल पर्यटनबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न मोटरबोट सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू