अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०५ | Colorodo: 02:20

फर्कियो चिनियाँ सेना, राष्ट्रपति सीलाई ‘जेट प्लस’ सुरक्षा

बिआरटीनेपाल २०७६ असोज १७ गते २२:५९ मा प्रकाशित

चिनियाँ जनमुक्ति सेना (पीलए) को उच्चस्तरीय टोली राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा तयारीबारे जानकारी दिएर फर्किएको छ । सुरक्षा स्रोतका अनुसार गत साता काठमाडौं आएको टोलीले सीमित सरकारी अधिकारीसँग मात्रै भेटेको थियो ।

चिनियाँ सेनाको टोलीले सीको भ्रमण सुरक्षा तयारी प्रभावकारी बनाएको भन्दै खुशी व्यक्त गरेको छ । सीको सुरक्षार्थ तैनाथ चिनियाँ सेनासँग भएको गोप्य छलफलपछि छुट्टाट्टै सुरक्षा रणनीति बनाएर व्यवस्थापन भइरहेको स्रोतले जनाएको छ ।

सरकारले राष्ट्रपति सीको नेपाल भ्रमण र त्यसबेला अपनाइने सुरक्षालाई ‘जेट प्लस’ रणनीति अपनाएको छ । मध्यम, विशिष्ट, अतिविशिष्ट र त्यसमाथिको सम्मान र सुरक्षा प्रदान गर्दा क्रमश ‘एकस, वाई, जेट र जेट प्लस’ रणनीति अपनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू