अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१५ | Colorodo: 16:30

गजल रस्मिला कवाङ ‘रश्मि’

रस्मिला कवाङ ‘रश्मि’ २०७६ असोज १७ गते १२:२४ मा प्रकाशित

कलियुग हो यो, झुट अपार हुन सक्छ हावा केटी
मेहनती मनहरू र त, बेकार हुन सक्छ हावा केटी
बेग्लाबेग्लै छन् है हरेकका सोचहरू यहाँ चारैतिर
पारदर्शितामै अनेक प्रकार हुन सक्छ हावा केटी

विश्वास गर्न सके आफैमा, यो दुनियाँको के भर ?
अनिदो समाजलाई हतार हुन सक्छ हावा केटी
लम्किँदा पथमा नजर तेज राख्नुपर्छ सधैँ नत्र
तिखो तीरले सोझै प्रहार हुन सक्छ हावा केटी

सन्तोषले बाची सादा जीवन, त्यही उत्तम बिचार
चुकिए कतै,मनको चयन फरार हुन सक्छ हावा केटी
दागीचन्द्र त्यो निस्पट्ट अँधेरीमा, उज्यालो ‘रश्मि ‘बिना
टहटह जूनलाई फेरी केरकार हुन सक्छ हावा केटी

प्रतिक्रिया