अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

नेपालमा ‘अन्तर्राष्ट्रिय तमु सम्मेलन’ हुने

बिआरटीनेपाल २०७६ असोज १७ गते ९:२९ मा प्रकाशित

नेपालमा पहिलो पटक ‘ अन्तर्राष्ट्रिय तमु सम्मेलन’ हुने भएको छ । विश्वभरमा छरिएर रहेका तमु समुदायको एकता, अस्तित्व र पहिचान कायम गर्ने उद्देश्यका साथ असोज २४ र २५ गते काठमाडांैमा पहिलो पटक सम्मेलन आयोजना हुन लागेको हो ।

विश्वभरमा छरिएर रहेका तमु समुदायको एकता, अस्तित्व र पहिचान कायम गराउने मुख्य उद्देश्यसहित काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रेशम तमुले जानकारी दिनुभयो । २ दिनसम्म चल्ने सम्मेलनमा विश्वका ४० वटा भन्दा बढी राष्ट्रका तमु प्रतिनिधि सहभागी हुनेछन ।

सम्मेलनमा आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगको विश्वव्यापी घोषणा पत्र, तमु समुदायको उत्पत्ति, भाषा र संस्कृतिका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् । सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति डा. रामवरण यादवले गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू