अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४९ | Colorodo: 14:04

दसैंमा कांग्रेसको संकल्प – “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्छौं ”

बिआरटीनेपाल २०७६ असोज १७ गते ९:२८ मा प्रकाशित

नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण गर्ने संकल्पसहित दसैं, तिहार, छठलगायतका पर्वहरुको अवसरमा शुभकामना व्यक्त गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार भिडियो सन्देश जारी गर्दै दसैं, तिहार, छठलगायतका पर्वहरुको अवसरमा पार्टीका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले भिडियो सन्देशमार्फत विभिन्न चाडपर्वको अवसरमा शुभकामना दिँदै भन्नुभएको छ, “अनेक प्रश्न, अनेक निराशा र अनेक वितृष्णाहरुबाट आजको अवस्थालाई रुपान्तरित गर्ने, आजको व्यवस्थालाई सुदृढ गर्ने संकल्प हामीले गर्नुछ । अहिलेको व्यवस्था भन्नाले संघीयता, गणतन्त्र र धर्म्निरपेक्षतातर्फ इंकित गर्दै कांग्रेसले ती कुराको सुदृढिकरण गर्ने संकल्प गरेको हो” ।

पछिल्लो समय उपलब्धीका रुपमा प्रमुख दलहरुले लिँदै आएको धर्मनिरपेक्षतामा विमति व्यक्त हुन थालेको छ । त्यस्तै, राजतन्त्रक पक्षधरको समेत सक्रियता बढेको भन्दै प्रधानमन्त्री केपी ओलीले समेत बेलाबेलामा भन्ने गर्नुभएको छ । पर्वहरु मनाउँदा कर्महरुमा रहेका कमजोरीहरुलाई पहिचान गर्दै तिनलाई सच्याउने दृढता लिने संकल्प पनि कांग्रेसको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू