अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

आफूले हानेको मिसाइल आफ्नै हेलिकोप्टरलाई लागेको भारतद्वारा स्वीकार

बिआरटीनेपाल २०७६ असोज १७ गते ९:१५ मा प्रकाशित

गत फेब्रुअरीमा पाकिस्तानसँग कश्मिर विषयमा भएको द्वन्द्वकाक्रममा भारतीय वायुसेनाले हानेको मिसाइल लागि आफ्नै हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ । ‘गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भुलबस आफ्नै हेलिकोप्टरलाई लाग्दा यसमा रहेका चालकदलका सदस्यसहित ६ जनाको मृत्यु हुन पुगेको अनुसन्धानपछि पुष्टि भएको छ’–वायुसेना प्रमुख राकेस कुमार भदौरियाले बताएका छन् ।

‘हामी विश्वस्त पार्न चाहन्छौं कि यस्तो गल्ती भविष्यमा दोहोरिने छैन’–उनले सन्चारकर्मीहरूलाई बताए । कश्मिर क्षेत्रमा फेब्रुअरी २७ मा भारतीय हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । पाकिस्तानी क्षेत्रमा रहेको पाकिस्तानी लडाकू समूह जैस–ए–मोहमदको बालाकोटस्थित ‘शिविर’माथि हमला गरेको एक दिनपछि भारतीय हेलिकोप्टर पाकिस्तानी क्षेत्रमा खसेको थियो ।

उक्त घटना पाकिस्तानी भूमिमा संगठित जैस–ए–मोहमदले कश्मिरको पुलवामा आक्रमण गरी ४० भारतीय स्थलसेनाको हत्या गरेपछि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू