अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

हङकङमा मास्क लगाएर हिँड्न प्रतिबन्ध

बिआरटीनेपाल २०७६ असोज १७ गते ९:१३ मा प्रकाशित

हङकङमा प्रदर्शन चर्कंदै गएपछि त्यहाँको सरकारले सर्वसाधारणलाई मास्क लगाएर हिँड्न प्रतिबन्ध लगाएको छ । हङकङकी प्रमुख कार्यकारी अधिकृत क्यारी ल्यामले लामो समयदेखिको आन्दोलनका कारण हङकङ अशान्त बनेको भन्दै सडकमा हिँड्दा मास्क लगाउन प्रतिबन्ध लगाइएको बताउनुभएको छ ।

यही अक्टोबर १ मा चीनको राष्ट्रिय दिवसका दिन गरिएको प्रदर्शनले उग्ररुप लिएपछि यस्तो निर्णय गरिएको जनाइएको छ । मास्क लगाएर प्रदर्शन गर्दै आएका सर्वसाधारणले जथाभावीरुपमा आगजनी गर्ने गरेका छन् । सुपुदर्गी विधेयकविरुद्धबाट सुरु भएको प्रदर्शन अहिले चर्कंदै जाँदा दिनहुँजसो प्रहरी र प्रदर्शनकारीबीच झडप हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू