अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 10:22

भुटानमा हुने साफ यू–१५ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाई

बिआरटीनेपाल २०७६ असोज १७ गते ९:१२ मा प्रकाशित

भुटानको राजधानी थिम्पुमा हुने तेस्रो संस्करणको यु–१५ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार एक कार्यक्रमबीच ३१ सदस्यीय नेपाली टोलीको बिदाई गरिएको हो। नेपाली टोली असोज २० गते भुटानतर्फ प्रस्थान गर्नेछ।

भुटानको राजधानी थिम्पुमा असोज २२ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले पहिलो खेल असोज २२ गते भारतसँग खेल्नेछ। यस्तै असोज २४ गते बंगलादेश र असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ। लिग चरणका खेल सकिएपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

यु–१५ महिला साफ च्याम्पियनसिप खेल्न भुटान जाने खेलाडिमा कुमारी तामाङ, मनमाया दमाई, सुनकला राई, मनिषा राउत, अनु राई, पुष्पा गुरुङ, ममता पुन, निकिता थोकर, सुरक्षा सुखरिया, अमिषा कार्की, मन्दिरा राई रहेका छन्। यस्तै प्रतिक्षा चौधरी, सबिना चौधरी, सरा बज्राचार्य, सरु ह्माल, प्रिती राई, पुजा थापा, सुक्ष्मा घर्तिमगर, सावित्री किसन, अस्मिता रानापाल, मञ्जुकुमारी खड्का, देव्या मगर र लिला जोशीले समेत टोलीमा छन्। नेपाली टिमको मुख्य प्रशिक्षकमा राकेश क्षेष्ठ, सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपर कोचमा मिनबहादुर बस्नेत छन्।

प्रतिक्रिया