अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टमा

बिआरटीनेपाल २०७६ असोज १७ गते ९:०८ मा प्रकाशित

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने इंल्याण्ड र वेल्समा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा पर्नुभएको छ । उक्त ड्राफ्टमा पर्ने सन्दीप एक मात्र नेपाली खेलाडि हुनुहुन्छ । एक सय बलको खेल हुने उक्त क्रिकेट प्रतियोगितामा सन्दीप विदेशी कोटाबाट उक्त ड्राफ्टामा पर्नुभएको हो ।

सन्दीपको मूल्य एक लाख पाउण्ड रहेको छ। विदेशी कोटाबाट ‘द हन्ड्रेड’को ड्राफ्टमा परेका खेलाडिको न्यूनतम मूल्य १ लाख २५ हजार पाउण्ड र एक लाख पाउण्ड तोकिएको छ।

एक लाख पाउण्डको ड्राफ्टमा सन्दीपसँगै ग्लेन म्याक्सवेल, आन्द्रे रसेल, हरभजन सिंह, राखिद खान, शाकिब अल हसन लगायतका क्रिकेटर रहेका छन् भने १ लाख २५ हजार पाउण्डको ड्राफ्टमा क्रिस गेल, स्टिभ स्मिथ, मिचल स्टार्क, डेविड वार्नर, क्वीनटन डि कक लगायतका खेलाडी रहेका छन्।

प्रतिक्रिया