अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५४ | Colorodo: 11:09

फ्रान्सको पेरिसस्थित प्रहरी मुख्यालयमा छुरा प्रहार, चार जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असोज १७ गते ९:०७ मा प्रकाशित

फ्रान्सको राजधानी पेरिसको मुख्य भागमा रहेको प्रहरी मुख्यालयमा छुरा प्रहारबाट चार जनाको मृत्यु भएको छ । आइटी अफिसरको रुपमा कार्यरत ४५ वर्षीय आक्रमणकारीले तीन जना सरकारी अधिकारी र एक कामदारको छुरा प्रहार गरी हत्या गरेको बिबिसीले जनाएको छ ।

घटनामा अन्य पाँच जना घाइते भएका छन् । सुरक्षाकर्मीको गोली प्रहारबाट आक्रमणकारीको समेत मृत्यु भएको बताइएको छ । अधिकारकर्मीहरुले गरेको हड्ताल नियन्त्रण गरेलगत्तै सरकारी अधिकारीहरुमाथि उक्त हमला भएको हो । उक्त आक्रमणकारीको मनसाय के हो भन्ने स्पष्ट नभएको सरकारी अधिकारीहरुले जनाएका छन् । घटनामा आतंकवादी समूहको संलग्ना नभइ आपराधिक गतिविधि भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू