अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३९ | Colorodo: 17:54

पोखराको बेगनासमा यात्रुबस दुर्घटना, ३० घाइते

बिआरटीनेपाल २०७६ असोज १७ गते ९:०२ मा प्रकाशित

पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाईते भएका छन् । बेगनासबाट पोखरा जाँदैं गरेको ग १ ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खस्दा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार घाइतेको लेखनाथको लायन्स अस्पताल, शिशुवा अस्पताल, मनिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू