अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

उत्तर कोरियाले गर्यो यो वर्षकै ११औँ क्षेप्यास्त्र परीक्षण

बिआरटीनेपाल २०७६ असोज १६ गते ९:२९ मा प्रकाशित

उत्तर कोरियाले नयाँ प्रकारको सबमरिन– ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ। आणविक हतियार बोक्न सक्ने भनिएको यो क्षेप्यास्त्रको परीक्षण यो बर्ष उत्तरकोरियाले गरेको एघारौं परीक्षण हो। अन्य राष्ट्रहरूलाई आफ्नो शक्ति देखाउन तथा राष्ट्रको सुरक्षाका लागि पनि मिसाईल परीक्षण गर्न पर्ने बताएको छ।

उत्तर कोरियाले अमेरिकासँगको आणविक कुराकानीको केही दिनअघि यो परीक्षण गरेको हो। उक्त मिसाईल उत्तर कोरीयाको वानसान तटीय क्षेत्रबाट प्रहार गरिएको थियो। मिसाईल ४५० किलोमिटर माथि उडेको दक्षिण कोरीयाले जनकारी दिएको छ। ब्यालेस्टिक मिसाइल जापानको समुन्द्रमा गइ खसेको बिबिसिले जनाएको छ।

कोरियाली नेता किम जोङ उनले सुरक्षाका वैज्ञानिकहरुलाई न्यानो बधाइ समेत दिएको कोरीयाली एजेन्सीलाई उदृत गर्दै अल्जजिराले बताएको छ। उहाँले त्यस परीक्षणमा भने सहभागी जनाउनुभएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू