अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

खोसियो महराको सरकारी सुबिधा, सुरक्षाकर्मी फिर्ता

बिआरटीनेपाल २०७६ असोज १६ गते ९:२७ मा प्रकाशित

यौनकाण्डपछि सभामुखबाट राजीनामा दिनुभएका कृष्णबहादुर महराको सरकारी सुबिधा खोसिएको छ । महराले सरकारी निवास नछाडे पनि सभामुखको हैसियतले पाएको सरकारी सुविधा फिर्ता गरिएको हो । महराले प्रयोग गर्दै आएको सरकारी गाडी र सुरक्षाकर्मी आज फिर्ता भएका छन । गाडी संसद सचिवालयको सवारी शाखाका प्रमुख उपसचिव कान्छा दुलाललाई बुझाइएको छ । महराले बा२झ १२६८ नम्बरको ल्याण्डक्रुुसर गाडी चढ्दै आउनुभएको थियो । यस्तै क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ प्रहरी महराको सुरक्षामा खटिएका थिए ।

संसद सचिवालयमा कार्यरत स्टाफ नर्स रोशनी शाहीले गत आइतवार आफ्नै कोठामा आएर सभामुख महराले बलात्कार गरेको आरोप लगाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्देशनमा महराले गत मंगलबार पदबाट राजीनामा दिनुभएको थियो । नेकपाले सांसदबाटै राजीनामादिन निर्देशन दिएपनि महराले अटेर गर्नुभएको छ ।

महरालाई बलात्कार गरेको आरोप लगाउने शाहीले आरोप लगाएको भोलीपल्ट बयान फेरे पनि आइतवार महरा उनको कोठामा पुगेर सवा घन्टा बिताएको प्रमाणित भएपछि नेकपाले दुवै पदबाट मुक्त गर्ने निर्णय गरेको थियो । शाहीले आफुले आक्रोसमा आएर महरामाथि आरोप लगाएको भन्दै आइतवार महरा आफ्नो कोठामै नआएको जिकिर गरेकी थिइन । तर उनको दोस्रो बयान झुटो सावित भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू