अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अमिताभ बच्चनको भिडियो सन्देश

बिआरटीनेपाल २०७६ असोज १६ गते ९:२५ मा प्रकाशित

बलिउड सुरस्टार अभिनेता अमिताभ बच्चनले एसिड आक्रमणमा परेकी मुस्कान खानुनलाई भिडियो मार्फत सन्देश पठाएका छन्। भिडियो सन्देश पठाउँदै बच्चनले मुस्कान माथि गलत भएको बताएका छन्। गत भदौ २० गते १४ वर्षकी मुस्कानलाई वीरगन्जमा विद्यालय जाने क्रममा दुई युवकले एसिड प्रहार गरी घाइते बनाएका थिए।

बच्चनले भिडियोमा भनेका छन्, ‘चाडै निको हुनुहोस्, उज्वलजीले तपाईंको रेखदेख गरिरहनु भएको छ, म आशा गर्छु की उज्वलको रेखदेखले तपाईं चाडै निको हुनु हुने छ । जे तपाईंमाथि भयो, त्यो कुनै पनि बालिकामाथि हुन हुँदैन। यो एकदमै गलत भएको छ। म आशा गर्छु कि तपाईंको देशको कानूनले उनीहरू सबैलाई पक्राउ गरी कारबाही गर्ने छ। उज्वलले मलाई बताउनुभयो। तपाईँ मेरो फिल्महरु हेर्नु हुन्छ। हाम्रो शुभकामना सधैँ तपाईँको साथमा छ, तपाईँ चाँडै निको हुनुहोस् र सधैँ यसरी नै मुस्कुराई राख्नुहोस्।’

एसिड प्रहारपछि मुस्कान अस्पतालमा उपचार गरिरहेको थाहा पाए पश्चात बच्चनले ट्वीटरमार्फत मुस्कानलाई भिडियो सन्देश पठाएका हुन्। मुस्कानको अहिले काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। एसिडले उनको मुख, घाँटी र हात जलेको छ। केही दिन अगाडि पनि बलिउड नायक वरुण धवन र नायिका कृति सानोनले मुस्कानलाई भिडियो सन्देश पठाउँदै स्वास्थ्य लाभको कामना गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू