अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

चिनियाँ राष्ट्रपति सी असोज २५ गते नेपाल आउने

बिआरटीनेपाल २०७६ असोज १६ गते ९:२३ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी चिनफिङ यही असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखमा नेपाल आउनुहुने भएको छ । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई साताअघि नै तय भए पनि सरकारले गोप्य राखेको छ। सरकारी उच्च स्रोतका अनुसार सी २५ गते नेपाल आई २६ गते स्वदेश फर्कनुहुने छ । दसैंलगत्तै चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्नुपर्ने भन्दै परराष्ट्र र गृह मन्त्रालयका जिम्मेवार कर्मचारीलाई काठमाडौं बाहिर नजान भनिएको छ।

सी को भ्रमणलाई लिएर सुरक्षा निकायका प्रमुखहरुसमेत सुरक्षा तयारीमा जुटेका छन्। परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा दिनहुँ बैठक बस्न थालेको छ। सुरक्षा निकायलाई असोज २४,२५, २६ र २७ गतेलाई आवश्यक तयारी गर्न गृह मन्त्रालयको निर्देशन छ । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई दिनमात्रै हो। २५ गते आउने र २६ गते फर्कने भए पनि सीको भारत भ्रमणको तालिका अनुसार एक दिन वरपर हुनसक्ने सम्भावना रहेको जानकारी पनि सरकारी तहमा गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू