अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

मित्रतामा लाभहानीको हिसाब किताब हुँदैन– प्रम ओली, चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरण विषयमा छलफल हुने

बिआरटीनेपाल २०७६ असोज १६ गते ९:१७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिसहित सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा बिहीबार अपराह्न कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिङन पिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार र जनता जनताबीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने स्पष्ट पार्नुभयो ।

उच्चस्तरीय भेटघाटमा लाभहानिको हिसाबकिताब नगरी मित्रतालाई जोड दिने प्रधानमन्त्रकिो भनाई थियो । आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुने उल्लेख गर्दै उहाँले मित्रताको मूल्य नै सर्वाधिक रहने प्रष्ट पार्नुभयो । प्रधानमन्त्रीले चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने जानकारी दिँदै दुई देशबीच मित्रता अभिवृद्धि भएपछि यी विषयमा पनि स्वाभाविक वृद्धि हुने विश्वास पनि ब्यक्त गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सीले निकट भविष्यमा नै नेपालको औपचारिक भ्रमण गर्ने तयारी छ।

एक प्रश्नको जवाफमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दुई पार्टीबीच आपसी सहकार्य भएकै आधारमा नेपाल ‘सी विचारधारा’मा गयो भन्नु आफूहरुलाई बदनाम गर्ने प्रयास भएको टिप्पणी गर्दै बुद्धिजीवी भइकन अबौद्धिक तर्क गर्नेप्रति आफूलाई दया लाग्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू