अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

उपसभामुखलाई राजीनामा गराउने नेकपाको तयारी

बिआरटीनेपाल २०७६ असोज १६ गते ९:१४ मा प्रकाशित

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पद नछाड्ने भएको छ । उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पद जोगाउने खेलमा नेकपा लागेको हो । यौन दुर्व्यवहार–दूराचारको आरोप लागेपछि महरालाई नेकपा सचिवालयले सभामुख र संसद् सदस्य दुवै पदबाट राजीनामा दिन सुझाएको थियो ।

संविधानको धारा–९१ मा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने प्रावधान छ । प्रतिनिधिसभामा अहिले सभामुख र उपसभामुख एउटै पार्टीको भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध जनाउँदै आएको छ । र, अदालतमा मुद्दा पनि विचाराधीन छ ।

तर, नेकपाले उमेदवार भई निर्वा्चित हुँदाका बखत फरकफरक पार्टीको रहेको र सम्बन्धित पदमा चुनिइसकेपछि दलको सदस्य नरहेकाले एउटै पार्टीको भन्न नमिल्ने जिकिर गर्दै आइरहेको थियो । रिक्त सभामुख पदमा उमेदवारी दिन नेकपालाई संवैधानिक अड्चन छ । यसर्थ उपसभामुख तुम्बाहाम्फेलाई समेत राजीनामा गराएर सभामुख आफैँसँग राख्ने तयारी रहेको नेकपाका एक नेताले जानकारी दिएका छन् ।

उपसभामुख भने सत्तामै रहेको समाजवादी पार्टी, नेपाल नभए राष्ट्रिय जनता पार्टीलाई दिने सम्भावना रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू