अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

उत्तर कोरियाद्वारा पुनः मिसाइल परिक्षण

बिआरटीनेपाल २०७६ असोज १४ गते २०:२३ मा प्रकाशित

उत्तर कोरियाले आज फेरि अर्को मिसाइल प्रक्षेपण गरेको छ । अमेरिकासँग वार्ताको तयार भइरहेको बताएलगत्तै उत्तर कोरियाले पुनः मिसाइल प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाले जापानको दक्षिणपूर्वी कङ्ग्वान प्रान्तको बोनसनबाट पूर्वी समूद्रतर्फ मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरिया र जापानले पुष्टी गरेका छन् ।

जापानले उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेकाले आफ्ना जहाजहरुलाई त्यसतर्फ नजान आग्रह गरेको बताइएको छ ।

जापानका सरकारी अधिकारीहरुले आफ्नो विशेष आर्थिक क्षेत्रमा केही मिनेटको अन्तरमा दुईवटा मिसाइल प्रक्षेपण गरिएको दावी गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाले नेता किम जोङ उनबीच गत जुन महिनामा भएको भेटवार्तापछि उत्तरले नवौं पटक मिसाइल प्रक्षेपण गरेको हो ।

उत्तरले मिसाइल प्रक्षेपणलाई निरन्तरता दिएपछि फेरि अमेरिकासँगको वार्ता भंग हुने हो कि भनेर अन्य राष्ट्रहरुले चिन्तासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू