अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२१ | Colorodo: 23:36

चितवन मेडिकल कलेजका बिद्ध्यार्थी पुनः आन्दोलनमा

बिआरटीनेपाल २०७६ असोज १४ गते ११:२१ मा प्रकाशित

चितवन मेडिकल कलेजका विद्यार्थीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले तोकेको भन्दा बढी लिएको शुल्क असोज १० गते भित्र फिर्ता गर्ने गरी प्रतिवेदन तयार पार्ने सहमति पालना नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् ।

कलेजले पूर्व सहमति अनुसार विद्यार्थीहरुबाट लिएको रकमको पुरै विवरण नदिएको भन्दै उनीहरुले आइतबार २४ घण्टे अल्टिमेटम दिएका थिए ।

आज उनीहरुले चितवन मेडिकल कलेज अगाडी विरोध सभा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू