अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

महरा प्रकरणले नेकपा प्रतिको मोह भङ्ग भयो

बिआरटीनेपाल २०७६ असोज १४ गते १०:३५ मा प्रकाशित

निरङ्कुशताविरुद्ध सडकमा जाने बेला आयोः नागरिक अगुवा

काठमाडौँ । नागरिक अगुवाहरूले वर्तमान सत्ताको विरुद्धमा सडकमा जाने वेला आएको उद्घोष गरेका छन् । मङ्गलवार काठमाडौँको संवाद डबलीमा आयोजित एक कार्यक्रममा सहभागीहरूले दुइतिहाईको बलमा आफैले बनाएको कानुन कुल्चँदै अगाडि बढेको आरोप लगाउँदै त्यसलाई अनुशासन सिकाउनु पर्ने धारणा राखेका छन् ।

क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले आयोजना ‘राजनीतिक अधिकार र वर्तमान प्रेसको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा डा.सुन्दरमाणि दीक्षितले नेपाली धर्तीमा बारम्बार राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको आन्दोलन गरेर नयाँ व्याक्तिहरुलाई स्थापित गरे पनि सबै उस्तै निरङ्कुश भएको धारणा व्यक्त गरे । डा..दीक्षितले वर्तमान सरकार एउटा ठुलो बलिदान र सङ्घर्षबाट आए पनि उसको चालामाला पनि विगतभन्दा फरक नभएकोले यस विरुद्ध पनि सडकमा जाने बताउँदै उनले प्रश्न गरे,“एउटा राजनीतिक शक्तिलाई प्रतिबन्ध लाउने धमाधम नागरिक प्रतिनिधिहरूलाई मण्डले पारमा साङ्घातिक हमला हुँदा पनि चुप लाग्ने, उल्टै पीडितलाई कस्टडीमा हुल्ने के यो लोकतन्त्र हो ।” अगुवा दीक्षितले वर्तमान सरकार वास्तवमै प्रतिगमनको बाटोमा हिँडेको आरोप लगाउँदै त्यसको पहिलो निशानामा प्रेस परेको प्रसङ्ग कोट्याउँदै भने,“फेरि हिजोकै जस्तो बालुवाटार सिंहदरबारबाट बर्बर अवस्था आउन थालेकोले पत्रकारहरुपनि आन्दोलित हुनुपर्छ, जे गर्नु छ बेलैमा गर्नुस् नत्र भोलि प्रेस सकिए सबै सकिन्छ ।” एक प्रसङ्गमा दीक्षितले कुकर कराउँदा पनि बालुवाटारमा बस्नेहरू राजा आयो, राजा आयो भन्दै बरबराउन थालेको पनि बताए ।

त्यसै गरी प्राध्यापक डा.सुरेन्द्र केसीले आफूहरूले राज्यको तर्फबाट भएका गलत कार्यहरूको विरोध गर्दा आफूहरूलाई प्रतिगामीको आरोप लगाइएकोप्रति कडा प्रतिवाद गर्दै भने,“र्दुइतिहाईको आडमा वाईडबडी, बालुवाटार जग्गा, सुन काण्ड, सिन्डिकेट, निर्मला प्रकरण, अब महरा स्क्याक्याण्डल रफादफा गर्ने, अनि यसको छानबिन गर भन्नेलाई प्रतिगामी कतिसम्म हाँसो उठ्ने कुरा,कसले पत्याउँछ यिनका कुरा ।”

डा.केसीले वर्तमान सरकार लोकतन्त्रको गुणगान गाउन सिपालु भए पनि लोकतान्त्रिक आचरण अनुसारको व्यवहार नभएको र सच्याउनको लागि आफूहरूले निरन्तर विरोध गर्दै आएको र भोलि पनि यसलाई निरन्तरता दिने बताए । उनले अगाडी भने,“हामीलाई कहिले प्रतिगामी, कहिले दरबारीय यी बेवकुफ ल्वाँठहरुले के बुझे हुन्छ भने हामीलाई केही नपुग्दो छैन, अलि उच्च पदप्रति आकर्षण थियो, त्यो पनि सभामुख कृष्ण महरा प्रकरणले तुहाइदियो । राज्यबाट भएका गलत कामहरूको विरोध गर्दा ज्ञानेन्द्र शाहीहरूले कुटाइ खाएको प्रसङ्गमा डा.केसीले अब कष्टडीमा जाने पालो आफूहरूको आएको आशङ्का व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता एक राज भण्डारीले संविधानमै विचार र राजनीतिक स्वतन्त्रता, मानवअधिकार तथा प्रेस स्वतन्त्रता उल्लेख भएको भए पनि वर्तमान सरकारले ठुला लाई ऐन सानालाई चैन उखान जस्तै भएको धारणा राखे । भण्डारीले यो दलाल व्यवस्था जनताको लागि नभएकोले अब जनता फेरि सचेत हुनुपर्ने भन्दै, भने “यदि महराजीको ठाउँमा त्यत्रो काण्ड हुँदा सामान्य मान्छे भए हिरासतमा लिएर छानबिन हुनु पर्ने तर भएन यसैबाट सरकारको चरित्र उदाङ्गो भएको छ ।”

त्यस्तै नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापा मगरले लोकतान्त्रिक आन्दोलनका क्रममा भागेर थानकोट पुगेका नेताहरूलाई पत्रकारले काठमाडौँ फर्काएको विगतको इतिहास स्मरण गर्न सत्तासीनलाई आग्रह गरे । थापाले त्यसरी मिडियाले लोतन्त्रको लागि सङ्घर्ष गरेको भए पनि आज तिनै नेताले मिडियामाथि नै अङ्कुश लगाउन थालेको भन्दै पत्रकार महासङ्घ कुनै पनि हालतमा निर्णयहीनताको विरुद्ध लडन नछोड्ने धारणा राखे ।

नेपाल पत्रकार महासङ्घका पूर्व सचिव तथा प्रभात चलाउनेले पनि समाजमा मिडियाको विकास ठुलो शक्तिकोरुपमा भएकोले शासकहरूले यसमार्फत जनताले तिनका कर्तुत उजागर गरिदिएकोले मिडयाविरोधी विधेयक ल्याउन थालेको दाबी गरे । डार्विनको क्रमिक विकासको सिद्धान्त भन्दा हालको मिडिया छलाङमय गतिमा बढेकोले क्रमिक विकासमा मात्र विश्वास गर्ने शासकहरूले जनताको चेतना दबाएर राख्न खोजेको दाबी गरे ।
कार्यक्रम क्रान्तिकारी पत्रकार सङ्गठनका महासचिव बाबुराम भुसालको अध्यक्षता तथा पत्रकार धनञ्जय बुढाको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू