अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 04:41

अमेरिकामा नेपाली विद्यार्थी विनोदको गाडीको ठक्करबाट निधन

विजय थापा २०७६ असोज १३ गते ८:५४ मा प्रकाशित

अमेरिकाको लुजियाना स्टेट युनिभर्सिटीका सिभिल इन्जिनियरका विद्यार्थी सवारी साधनको ठक्करबाट निधन भएको छ ।

सिन्धुपलान्चोक घर भई हाल काठमाडौँ बसोबास गर्दै उच्च अध्ययनको लागि अमेरिका आएका २६ वर्षीय छात्र आफ्नो घर जाने क्रममा बाटो काट्ने क्रममा सवारी साधनले ठक्कर दिए पछि उनलाई अस्पताल पुर्‍याइएको थियो । गत २३ सेप्टेम्बर २०१९ का दिन उनलाई आवर लेडी अफ दि लेक रिजनल मेडिकल सेन्टर ब्याटोन रगमा उपचारको लागि भर्ना गरिएको थियो ।

दुर्भाग्यवस गत सेप्टेम्बर २६ का दिन नेपालको निधन भएको छ । उक्त विश्व विद्यालयमा नेपाली विद्यार्थी सङ्घका जन सम्पर्क अधिकारी पनि रहेका थिए । उनको अन्तिम दह संस्कार गर्नु पर्ने भएकोले खर्च जुटाउन गो फन्ड खोलिएको छ ।

लुजीयाना स्टेट युनिभर्सिटीका नेपाली विद्यार्थी सङ्घका सभापति राजन ढकाल सङ्घको तर्फबाट गो फन्ड खोलेका छन् भने धमाधम रकम दिने क्रम जारी छ । स्व नेपालका परिवार माथि पर्न गएको अकल्पनीय घटना प्रति दुख व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त गरुन् भनी समवेदना प्रकट गरेका छन् ।

साथै अमेरिकाको नेप्लिज एसोसिएसन इन साउथ अमेरिका नासाका अध्यक्ष विनय अर्याल तथा महा सचिव कृष्ण श्रेष्ठले समेत संस्थाको तर्फबाट एक छापा विज्ञप्ति निकाली समवेदनाको साथै सहयोग गर्न आव्हान समेत गरेका छन् ।

गो फन्ड मा $ ५० हजार डलर लक्ष्य राखिएको छ भने अहिले सम्म २२,६९८ डलर सङ्कलन भई सकेको छ ।

तस्बिर : नासा/गो फन्डबाट

https://www.gofundme.com/f/support-for-binod-nepals-family

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू