अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

धुम्वाराहि वृद्धाश्रम भवन निर्माण हुने

बिआरटीनेपाल २०७६ असोज १२ गते १०:०५ मा प्रकाशित

लायन्स क्लब अफ काडमाण्डौ धुम्वाराहीले काडमाण्डौ महानगर पालिका वडा नंम्वर ४ अन्तर्गत धुम्वाराहीमा धुम्वाराही लायन वृद्धाश्रम भवन निर्माण गर्ने भएको छ।

२ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको सो भवनमा असहाय आमाहरूलाई राखिने छ । भवन निर्माणका लागी आवश्यक १२ आना २ पैसा २ दाम जग्गा पूर्व प्रशासक एवं स्थानीय समाज सेवी बलराम प्रसाद चापागाँईले निःशुल्क रूपमा उपलब्ध गराउनु भयो ।

आज आयोजित एक कार्यक्रमका बिच स्थानीय समाज सेवी बलराम प्रसाद चापागाँई, काडमाण्डौ महानगर पालिका वडा नंम्वर ४ का अध्यक्ष मोहन विष्ट लायन्स क्लब डिस्ट्रिक्ट ३२५ ए २ को डिस्ट्रिक्टको गभर्नर शोभा जोशी र धुम्वाराही लायन वृद्धाश्रम भवन निर्माण समितिका संयोजक लायन धनराज वडालले भवन निर्माण कार्यको शिलान्यास गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू