अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 13:35

राष्ट्रपतिको भूमिका निष्पक्ष भएन, जनताले पुरानै संस्था खोज्न थाले– राप्रपा(संयुक्त)

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:४७ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले राष्ट्रपतिबाट निष्पक्ष भूमिका निर्वाह हुन नसकेको ठहर गरेको छ । दशै,तिहार,नेपाल सम्वत् र छठको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपतिले निष्पक्ष भूमिका निर्वाह गर्नुको सट्टा कुनै एक पार्टीप्रति बफादार देखिएको टिप्पणी गर्नुभयो ।

उहाँले राष्ट्रपतिले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेकै कारण जनतामा पुरानै संस्थाले निष्पक्ष भूमिका खेल्न सक्छ भन्ने भावना उत्पन्न हुन थालेको जिकिर गर्नुभयो । अध्यक्ष राणाले जनताले नेकपालाई विश्वास गरेर मत दिएपनि वर्तमान सरकारले जनतालाई धोका दिएको आरोप लगाउनुभयो । अध्यक्ष राणाले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा जनमत सिर्जना गर्न तिहारपछि जनकपुरदेखि लुम्बिनीसम्मको पहिलो चरणको धार्मिक यात्रा गर्ने बताउनुभयो ।

अध्यक्ष राणाले अमेरिका र चीन बीचको तनावका कारण नेपाललगायत दक्षिण एसियामै असर परेकोले परराष्ट्र कुटनीतिमा निकै कुटिल हुन सरकारलाई सुझाव दिनुभएको छ । संविधानको प्रस्तावनामै ‘समाजवाद उन्मुख अर्थतन्त्र’ लेखिएकाले सरकारले जति पटक लगानी सम्मेलन गरेपनि आन्तरिक निजी क्षेत्र र वैदेशिक लगानी आउने नसकेको भन्दै राप्रपा संयुक्तले संविधानको प्रस्तावनाबाट समाजवाद उन्मुख अर्थतन्त्र हटाउन माग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू