अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

संचारकर्मी रुपेश श्रेष्ठको ’घिन्ताङ घिसी ट्वाक’ सार्वजनिक

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:४५ मा प्रकाशित

कवि तथा संचारकर्मी रुपेश श्रेष्ठको कविता संग्रह ‘घिन्ताङ घिसी ट्वाक’ सार्वजनिक भएको छ । शुक्रबार राजधानी आयोजित विमोचन कार्यक्रममा कवि रुपेशले सोही संग्रहको ‘मैसापमो सारी’ कविता वाचन गर्नुभयो । कार्यक्रममा सोही संग्रहबाट संचारकर्मी दिलभूषण पाठकले ‘गाउँ जाने बाटो’, कवि भूषिता वशिष्ठले ‘ताप्के’ र कवि बाबू त्रिपाठीले ‘नेपाल यातायात’ कविता वाचन गर्नुभएको थियो ।

भक्तपुरको प्रसिद्ध धिमे बाजालाई विम्ब बनाएर कविताको शीर्षक बनाएकोमा निक्कै खुसी लागेको कवि मनु मन्जिलले बताउनुभयो । रुपेशले अचम्मबाट सुरु गरेर कविताको अन्तिम हरफ हृदयको कुनामा पुर्याउने गरेको उहाँको भनाइ छ। बुकहिल पब्लिकेशनले प्रकाशन गरेको कविता संग्रहमा ४२ वटा कविता समावेश गरिएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू