अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी “सन्दुक रूइत” लोकार्पण

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:४३ मा प्रकाशित

विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी “सन्दुक रूइत” लोकार्पण गरिएको छ । काठमाडामौंमा शनिबार आयोजित एक विशेष समारोहमा २१ वर्षसम्म पूर्ण दृष्टिविहीन भएर डा. रुइतले गरेको शल्यक्रियाबाट दृष्टि पाएका सल्यानका शिक्षक तोपबहादुर शर्माले पुस्तकको लोकार्पण गर्नुभयो ।

अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक संग्रौलाले नेपालीमा अनुवाद गर्नुभएको छ । कार्यक्रममा शर्माले आफूले २१ वर्षको उमेरसम्म पूर्ण रुपमा दृष्टिविहीन भएर जीवनयापन गर्नुपरेको र यसबीचमा डा. रुइतले आफूलाई नयाँ जीवन दिएको बताउनुभयो ।

कार्यक्रममा पुस्तक अनुवादक संग्रौलाले पुस्तक अनुवादको चरणका विभिन्न पक्षका पबषण्मा प्रकाश पार्नुभएकोे थियो । माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म नामक पुस्तकको अनुवाद समेत गर्नुभएका उहाँले डा. रुइतको जीवनीले आफूलाई प्रभावित पारेको र त्यसका लागि तयार रहेको प्रतिक्रिया दिनुभयो ।

कार्यक्रममा डा. रुइतले पुस्तक आफ्नो जीवनको मात्र नभई परिवार, आफ्नो जीवनमा भएका उतारचढाव, सफलता, आरोहअवरोह एवम् तिलगंगा आँखा अस्पतालको संघर्षको कथा भएको बताउनुभयो । प्रकाशक फाइनप्रिन्टका अजित बरालले डा. रुइतको जीवनी छाप्न पाउनु आफूहरुका लागि महाचाड जस्तै भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू