अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 10:34

कवि तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’ सार्वजनिक

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:४३ मा प्रकाशित

कवि तीर्थ श्रेष्ठको नयाँ कविताहरूको संग्रह ‘धर्सैधर्साको चक्रव्यूह’ सार्वजनिक भएको छ । नेपालयले सञ्चालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ को सांगीतिक माहोलमा १० गते शुक्रबार साँझ श्रेष्ठको नयाँ कविता संग्रह विमोचन भएको हो ।

कुनै बेला तरलवादको नामले चिनिएका, साहित्यिक अभियानमा लागेका कवि तीर्थ श्रेष्ठ गीतकारका रुपमा पनि परिचित हुनुहुन्छ । । यस पटकको ‘पलेँटी’ कवि श्रेष्ठको गीत तथा कविता लेखनको बारेमा केन्द्रित भएको थियो । कार्यक्रममा उहाँले रचना गरेका आधा दर्जन गीतहरू प्रस्तुत भएका थिए । संगीत र साहित्यको संगमले गर्दा उहाँको पुस्तक विमोचन कार्यक्रम चलनचल्तीका पुस्तक विमोचनभन्दा पृथक देखिन्थ्यो ।

कवि श्रेष्ठको नयाँ कवितासँग्रह ‘धर्सैधर्साको चक्रव्यूह’ र उहाँको सम्पूर्ण काव्यिक व्यक्तित्वमाथि निबन्धकार रोशन शेरचनले प्रकाश पार्नुभएको थियो । पुस्तक विमोचन कार्यक्रम नेपालय पब्लिकेसन्स र पलेँटीको सहकार्यमा भएको थियो । कवि तीर्थको नयाँ कविता संग्रहमा १ सय ८ वटा कविताहरू संलग्न रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू