अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२९ | Colorodo: 13:44

क्यान अध्यक्षमा चतुरबहादुर चन्द, पदाधिकारी सहित सदस्यमा चन्दकै प्यानल विजयी

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:३७ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित हुनुभएको छ । क्यानको विशेष साधारणसभा अन्तर्गत आज भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी विनयराज पाण्डेलाई पराजित गर्दै चन्द अध्यक्षमा निर्वाचित हुनुभएको हो । चन्दले ४४ मत ल्याउनुभएको छ भने पाण्डेले १५ मत ल्याउनुभएको छ । उपाध्यक्षमा राजुबाबु श्रेष्ठ विजयी हुनुभएको छ ।

उपाध्यक्ष पदमा राजुबाबु श्रेष्ठले ४१ र मिङ्मा डन्डु शेर्पाले १७ मत ल्याउनुभएको छ । त्यस्तै, सचिवमा विनोद मैनालीलाई पराजित गर्दै अशोकनाथ प्याकुरेल विजयी हुनुभएको छ । प्याकुरेलले ४३ मत ल्याउनुभएको छ भने मैनालीले १५ मत ल्याउनुभयो । कोषाध्यक्षमा रोशनकुमार सिंहले ४५ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी उपेन्द्र भट्टराईले १३ मत ल्याउनुभएको छ ।

त्यस्तै, सदस्यमा प्रदेश १ मा कैलाश विष्ट र प्रदेश ३ मा अमीरवीर पाण्डे विजयी भएका छन् । खुला सदस्यमा भने वीरेन्द्र बहादुर चन्द, दुर्गा पाठक, करण क्षेत्री, माधव कर्माचार्य र सञ्चय सिंह चयन भएका छन् ।

प्रतिक्रिया